ताप्लेजुङमा हिमपातमा फसेका ११ जनाको प्रहरी द्दारा सहकुसल उद्दार

ताप्लेजुङमा हिमपातमा फसेका ११ जनाको प्रहरी द्दारा सहकुसल उद्दार

ताप्लेजुङ, मंसिर ३० गते ।

ताप्लेजुङको फुङलिङ नगरपालिका-११ स्थित पाथिभरा देवी मन्दिर परिषरबाट हिमपातमा फसेका ७ जना भारतीय नागरीक र ४ जना नेपाली नागरीक सहित ११ जनालाई प्रहरीले उद्दार गरी गन्तब्य स्थलसम्म पुर्‍याएको छ ।

गत २८ गते बिहान मन्दिर परिषरमा हिमपातमा परेर दर्शनार्थीहरु फर्किन नसकेपछी अस्थायी प्रहरी चौकी माथिल्लो फेदीबाट खटिएको प्रहरीको टोलीले स्थानीयवासी समेतको सहयोगमा बाटोमा रहेको हिउ हटाई उद्दार गरी मोरङको उर्लाबारी नगरपालिका-९ बस्ने रमेश कार्की , तारा कार्की, हनमोल कार्की , सुबाश थापा सहित भारतको सिकिम मनिपुर घर भएका ग्याल्जेन भोटे समेत ७ जना गरी जम्मा ११ जनालाई सोही दिन अपरान्ह ४ बजेको समयमा गन्तब्य स्थलसम्म पुर्‍याउन सफल भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्