दुहवीले जित्यो धनकुटा गोल्डकप

दुहवीले जित्यो धनकुटा गोल्डकप

धनकुटा। धनकुटाको हिलेमा आयोजित प्रथम धनकुटा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि दुहवी फुटबल क्लब सुनसरीले जितेको छ । सोमबार भएको फाइनल खेलमा दुहवीले रोयल धरान फुटबल फ्रेन्ड क्लबलाई ‘सडेनडेथ’मा हराउँदै उपाधि जितेको हो ।

निर्धारित् समय र ‘टाइब्रेकर’मा पनि बराबरी सकिएपछि सडेनडेथबाट खेलको निर्णय लिइएको हो । धरानका कप्तान सुबोध शाहीको प्रहार असफल भएपछि दुहवीका कप्तान  सिर्जित कार्कीले गोल गर्दै टोलीलाई उपाधि जिताएका हुन् । उपाधिसँगै दुहवीले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता धरानले ५० हजार पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्