उदयपुरमा ट्याक्टरबाट लडेर बालिकाको मृत्यु

उदयपुरमा ट्याक्टरबाट लडेर बालिकाको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ सुगारेको भित्री सडक खण्डमा ट्याक्टरबाट लडेर एकजना बालिकाको ज्यान गएको छ । आज दिउँसो उत्तर बाट दक्षिण तर्फ जादै गरेको को. २ त. ६२५१ नम्बरको ट्याक्टरमा सवार स्थानीय ७ बर्षिया रोशिका कार्की ट्याक्टरबाट लडेर गम्भिर घाईते भएकी थिईन । घाईते कार्कीलाई उपचारकोलागी बेल्टार स्थित शुभकामना मेडिकलमा लगिएकोमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ट्याक्टर र चालक चौदण्डीगढी नगरपालिका –६ स्कुल डाँडा बस्ने बर्ष २५ को अम्मर कार्कीलाई ईलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्