इटहरी–विराटनगर रेलवे लिङ्क आयोजना निर्माणका लागि इटहरीमा सार्वजनिक सुनुवाइ

इटहरी–विराटनगर रेलवे लिङ्क आयोजना निर्माणका लागि इटहरीमा  सार्वजनिक सुनुवाइ

इटहरी । पूर्वपश्चिम रेलमार्ग अन्तर्गत निर्माण हुन लागेको इनरुवा–काकडभिट्टा रेल लाइन र इटहरी–विराटनगर रेलवे लिङ्क आयोजना निर्माणका लागि सोमबार इटहरीमा वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन (इआइए) सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रेल विभागले आयोजना गरेको सो सार्वजनिक सुनुवाइ कार्यक्रममा रेलमार्ग निर्माण सम्पन्न गर्न ९० अर्ब रकम लाग्ने रेल विभागका इञ्जिनीयर सुमोद पोखरेलले जानकारी दिनुभयो ।

दुई सय किलोमिटर प्रति घण्टाको गतिमा कुद्ने प्रस्तावित रेलमार्गको करीब १०६.५९ किमी लम्बाइ र ७.५ मिटर चौडाइ हुनेछ । मार्गरेखासँगै सानो ठूलो पुलको सङ्ख्या ३४ रहेका छन् । सो रेलमार्ग निर्माण गर्दा १० देखि १२ मिटरको उचाइमा निर्माण गरिनेछन् । रेलवे सञ्जाल विस्तारमा यस क्षेत्रमा ११ रेल स्टेशन बनाउने लक्ष्यसमेत रहेको छ ।

पूर्वपश्चिम राजमार्ग भन्दा सो रेलमार्ग दुईदेखि अढाइ किलोमिटर दक्षिणबाट निर्माण हुने भएकाले रेल लाइन स्टेशन निर्माण गर्दा मानव बस्ती, उत्पादनमूलक जग्गा जमीन पर्नेबारेमा पनि सो अवसरमा जानकारी गराइएको थियो । वातावरण विज्ञद्वय रिकेश चित्रकार तथा अभिषेक विसीले आयोजना सम्पन्न गर्न सो क्षेत्रमा खेतीयोग्य जमीन करीब ५१२ हेक्टर, जलकोे क्षेत्र ५३.६१ हेक्टर र बस्तीको जग्गा तीन हजार ३०० हेक्टर जमीन प्रयोग हुने बताउनुभयो ।

इनरुवा–काँकडभिट्टा खण्ड र इटहरी–विराटनगर रेलवे विस्तार गर्दा सुनसरीका भोक्राहा गाउँपालिकाका ५ र ७, इनरुवा नगरपालिकाका २, ४, ५, ७, ९ र इटहरी उपमहानगरपालिकाका ७, १०, ११, १२, १४, १५ र १६ नं वडा प्रभावित हुने बताइएको छ । सो क्षेत्रमा पर्ने सम्पूर्ण जग्गा जमीनको नेपाल सरकारले मुआब्जा उपलब्ध गराउनेसमेत सो अवसरमा जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्