विधुत सर्ट भइ आगागी हुँदा ६३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

विधुत सर्ट भइ आगागी हुँदा ६३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

विराटनगर । खोटाङको खोटेहाङ गाउँपालिका ७ खोटाङबजारका मनिकलाल प्रधानको घरमा विधुत  सर्ट भइ आगागी हुँदा करिब ६३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मंगलबार बिहानको राती साढे १ बजे विद्युत सर्ट हुँदा भएको आगलागीले टिनको छानो भएको ३ तले घर तथा घर भित्र रहेको सम्पुर्ण सामानहरु पुर्ण रुपमा जलेर नष्ट हुँदा ३० लाख बराबरको क्षती भएको छ । प्रधानको घरमा कोठा भाडामा लिएर सञ्चालन गरिएको एक पुस्तक पसल र एक मोवाइल पसलका सबै सामान जलेर नष्ट भएका छन् ।
घनश्याम फुयाँलको पुस्तक पसलमा रहेको स्टेशनरीका सम्पुर्ण सामानहरु जलेर नष्ट हुँदा १५ लाख र कात्तिकेका रमेश राईको मोबाईल पसलमा भएको १८ लाख बराबरको सम्पुर्ण सामानहरु जलेर नष्ट हुँदा ६३ लाख बराबरको क्षती भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्