रुकुम । एकै रातमा तीन महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रुकुमपश्चिम प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
आठबीस नगरपालिका ८ डाँफेका २२ वर्षीय केशव आरसी पक्राउ परेका हुन् ।
पति नभएकी महिलाको घरमा गएर जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय (रुकुम)का डीएसपी सुमित खड्काले बताए ।
उनका अनुसार केशवले मंसिर २७ गते राति १ बजे पति घरमा नभएकी ४० वर्षीया महिलालाई र अर्की ४५ वर्षीया एकल महिलालाई जबर्जस्ती करणीको प्रयास गरेका थिए ।
सोही रात घरमा सुतिरहेकी ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ ।
केशवले दुई महिलालाई बलात्कारको प्रयास गरे पनि प्रतिकार गरेपछि तेस्रो घरमा गएर जबर्जस्ती करणी गरेको स्वीकारेका छन् । उनी ढोकाको चुकुल निकालेर घरभित्र प्रवेश गरेका थिए ।
प्रतिकार गरे पनि जबर्जस्ती करणी गरेको पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ। पीडित तीनै महिलाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।-अन्नपूर्ण पोष्ट दैनिकबाट