पाँच वर्षीया बालिका बलात्कार गर्नेलाई जन्मकैद

<span class='c1'>पाँच वर्षीया बालिका</span> <span class='c2'>बलात्कार गर्नेलाई जन्मकैद</span>

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका तनहुँको व्यास नगरपालिका–७ का नवीन थापालाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला गरेको छ ।

न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल इजलासले बुधबार अभियुक्त थापालाई जन्मकैदको फैसला गरेको हो । बालिकालाई बलात्कार गरेको अभियोगमा थापालाई जन्मकैदको सजायसहित पीडित बालिकालाई रु चार लाख क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए । बालिकालाई क्षतिपूर्तिबापतको जरिवाना अभियुक्त थापाबाट नै भराउने अदालतको फैसला छ ।

गत साउन १ गते बालिकालाई बलात्कार गरेको अभियोगमा थापा साउन २ गते पक्राउ परेका थिए । उनी साउन २४ गतेदेखि पुर्पक्षको लागि जिल्ला कारागारमा थुनामा थिए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्