प्रेमिकाको पेस्तोल लिएर फरार भएका प्रेमीलाई पक्राउ

प्रेमिकाको पेस्तोल लिएर फरार भएका प्रेमीलाई पक्राउ

धनुषा ।  धनुषा प्रहरीले प्रहरी प्रेमिकाको पेस्तोल लिएर फरार भएका प्रेमीलाई पक्राउ गरेको छ। उच्च अदालत जनकपुरधामका न्यायाधीश सकुन्तला घिमिरेकी सुरक्षा गार्ड रहेकी प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी जनकपुरधामबाटै पक्राउ परेका हुन्।

सुरक्षा गार्ड रनिताका प्रेमी नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर ८ का शिवेन्द्र यादव जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ रामपुरबाट बन्दुकसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यादवको मोबाइललाई ट्रेस गरेर लोकेसनको आधारमा पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ।

धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार यादवको मोबाइल ट्रेस गर्दा त्यसको लोकेसन रामपुरमा देखाएपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो। यादव आफन्तको घरमा लुकेर बस्दै आएका थिए। सोही घरबाट पस्तोल पनि बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ ।

उच्च अदालत जनकपुर न्यायाधीशकी पिएसओ रनिता कुमारी केवटले सोमबार राति प्रेमी शिवेन्द्र यादवसँग झगडा गर्दा सोही क्रममा प्रेमी बन्दुक लिएर फरार भएका थिए। प्रेमिका प्रहरी जवान केवट अहिले प्रहरीको नियन्त्रणमा रहेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्