११ औं प्याब्सन स्पोर्ट्स मिट विराटनगरमा सुरु, १ सय ५१ बिद्यालय सहभागी

११ औं प्याब्सन स्पोर्ट्स मिट विराटनगरमा सुरु, १ सय ५१ बिद्यालय सहभागी

विराटनगर । प्याब्सन मोरङको आयाजनामा ११ औं प्याब्सन स्पोर्ट्स मिट विराटनगरमा विहिबारदेखि सुरु भएको छ। प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले उद्घाटन गर्दै प्याब्सन स्पोर्ट्स मिटको औपचारिक रुपमा सुरु भएको हो ।
तीन दिनसम्म सञ्चालन हुने स्पोर्ट्स मिटमा विभिन्न खेलहरू समावेश गरिएको प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले बताए । प्याब्सन स्पोर्टस् मिटमा २५ भन्दा बढी एथलेटिक्स, कक्षा १०, ११ र १२ लागि छुटा–छुटै भलिबल प्रतियोगिता पनि समावेश गरिएको छ ।
छात्र र छात्र दुवै तर्फ भलिवल कप हुनेछ । १ सय ५१ वटा प्याब्सनसँग आवद्ध विद्यालयहरुबाट करिब २ हजार भन्दा बढी खेलाडी विद्यार्थीहरूको प्रतियोगितामा सहभागिता रहने प्याब्सन मोरङका सचिब प्रेमलाल सिंह सुवालले जानकारी दिए ।
स्पोर्ट्स मिटमा १ सयदेखि १५ सय मिटरसम्म दौड, रिले, लङ्गजम्प, हाइजम्प, त्रिपल जम्प, सटपुट, ज्याबलिङ्ग थ्रोलगायतको खेलहरू समावेश गरिएको छ । विहिबार ३ वटा इभेन्स्को नतिजा आएको छ ।
ज्याभ्लिङ थ्रो छात्रातर्फ पूर्वाञ्चल एकाडेमी सुन्दर हरैचाकी सरिता तामाङले स्वर्ण, मुनाल आदर्श रतुवा माइकी सुजता ताजपुरीयाले रजत र स्मृती स्कूल वुढीगंगाकी रेणुका चौधरीले कास्य पदक जितेकी छिन् ।
त्यस्तै लङ्गजम्प छात्रातर्फ सुन्दर हरैचा बालसदनकी कञ्चन कार्कीले स्वर्ण, झोराहाटको जनक स्कूलकी स्वेच्छा माझीले रजत तथा ग्रामथानकै अंकीताकुमारी माझीले कास्य जिते । छात्रतर्फ यूनिक एकाडेमीका सागर माझीले स्वर्ण, लब्ली एन्जलका धिरज माझीले रजत र दुलारी स्कूलका सुसिल खड्काले कास्य पदक हात पारे ।

विहिबारै भलिबलको पहिलो चरणको खेल र १ सयदेखि ८ सय मिटरको छात्र तथा छात्राको हिट समापन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्