उदयपुर जीप दुर्घटना : ज्यान गुमाउनेकाे संख्या चार पुग्याे, सबै एकै गाउँका

उदयपुर जीप दुर्घटना : ज्यान गुमाउनेकाे संख्या चार पुग्याे, सबै एकै गाउँका

उदयपुर । उदयपुरको पश्चिमी भेग उदयपुरगढी गाउँपालिका ३ जरुवामा बिहीबार बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या ४ पुगेकाे छ ।

उदयपुरगढी-३ बाट कटारीतर्फ जाँदै गर्दा जरुवा तामलडाँडास्थित भित्री सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको एसके ०१ पीबी ३०६८ नम्बरको जीपमा सवारमध्ये ३ को घटनास्थलमै र १ को उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार जीप अनियन्त्रित भएर सडकभन्दा २ सय मिटर तल खस्दा उदयपुर गढी-३ स्थायी घर भएर मोरङ शनिश्चरे बस्ने ६१ वर्षीय टीकनारायण श्रेष्ठ, ४७ वर्षीय ढकबहादुर श्रेष्ठ, ४७ वर्षीय मीननारायण श्रेष्ठ र ३५ वर्षीय टीकाराम श्रेष्ठको ज्यान गएको हाे ।

दुर्घटनामा ३ जनाको घटनास्थलमै र टीकारामको उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्