आजबाट हलमा ‘दबंग–३’ प्रदर्शनमा, क्युएफएक्सले देशभर ८८ सो दिने

आजबाट हलमा ‘दबंग–३’ प्रदर्शनमा, क्युएफएक्सले देशभर ८८ सो दिने

फ्राइडे रिलिज अन्तरगत आजबाट हलमा ‘दबंग–३’ प्रदर्शनमा आएको छ । वर्षकै प्रतिक्षित बलिउड चलचित्रमा सलमान खान मुख्य भूमिकामा छन् ।

सफल चलचित्र ‘दबंग’ कै कारण आज कुनै पनि नेपाली चलचित्र रिलजमा आएनन् । ‘दबंग–३’ लाई मल्टिप्लेक्समा कीर्तिमानी सो दिइएको छ । उपत्यका भित्र करिब चार दर्जन सो दिएको क्युएफएक्सले देशभर ८८ सो प्रदान गरेको छ । क्युएफएक्सले दिएको अहिले सम्मकै यो उच्च सो हो ।

बिराटनगरमा क्युएफएक्स , सेन्ट्रल मल्टिप्लेक्स तथा सिटि सिनेमा हलमा ‘दबंग–३’ प्रदर्शन हुने छन् ।

प्रभु देवाले निर्देशन गरेको एक्सन र कमेडी चलचित्रमा सलमानसँगै सोनाक्षी सिन्हाको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्