२४ एसपीको सरुवा

२४ एसपीको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले शुक्रबार २४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । सरुवा सूचीअनुसार चितवन र सिन्धुली प्रहरी प्रमुखको जिम्मेवारी महिला प्रहरी अधिकृतलाई दिइएको छ ।

सूचीअनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालय यूएन जगेडा नक्सालमा कार्यरत गंगा पन्तलाई चितवन जिल्ला प्रहरी कार्यालय पठाएका छन् । चितवन रहेका दानबहादुर मल्ललाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचर काठमाडौंमा सरुवा गरिएको छ ।

यसैगरी सिन्धुलीमा रन्जु सिग्देललाई सरुवा गरिएको छ । रौतहटमा रविराज खड्का, धनुषामा रमेशकुमार बस्नेत, सर्लाहीमा विश्वमणि पोखरेल र मकवानपुरमा सुशीलसिंह राठौर पठाइएका छन् । मकवानपुर रहेका मुकेशकुमार सिंहलाई महानगरीय अपराध महाशाखा ल्याइएको छ ।

झापामा कृष्ण कोइराला, स्याङ्जामा जनार्दन जिसी, कञ्चनपुरमा मुकुन्द मरासिनी, काभ्रेमा रविकुमार पौडेल र धादिङमा रवीन्द्र रेग्मीको सरुवा गरिएको छ ।

पुस महिनाको तलबभत्तासमेत सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरूको सरुवा भएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्