विराटनगरमा प्याब्सन स्पोर्ट्स मिट जारी, यस्तो छ मेडल तित्ने बिद्यालयको अबस्था

विराटनगरमा प्याब्सन स्पोर्ट्स मिट जारी, यस्तो छ मेडल तित्ने बिद्यालयको अबस्था

विराटनगर । प्याब्सन मोरङको आयाजनामा विराटनगरमा जारी ११ औं प्याब्सन स्पोर्ट्स मिट अन्तरगत शुक्रबार विभिन्न इभेन्ट्सका खेलहरु सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न भएको खेलमा सुन्दर हरैचाको व्राइट प्mयूचर, सुन्दर हरैचाकै वालसदन र रतुवामाइका मुनाल आदर्शले २ गोल्ड र १ रजतसहित १३ अंककासाथ पहिलो स्थानमा रहेको छ भने सुन्दर हरैचाको पूर्वाञ्चल एकेडेमीले २ गोल्ड र १ कास्यकासाथ दोस्रो स्थानमा रहेको छ ।
आजै भएको हाइजम्प छात्रतर्फ भृकुटी मोडेका सन्दीप लिम्बुले स्वर्ण, वालसदनका विश्व चौधरीले रजत र सगरमाथाका शिशिर यादवले कास्य पदक हात पारेका छन् । वाल सदनकी कञ्चन कार्कीले स्वर्ण, व्राइट प्mयूचरकी पुरन विष्टले रजत तथा सुमिजीमिरकी रुमिषा वास्तोला र जनक स्कूलकी कृति माझीले संयुक्त रुपमा कास्य पदक हात पारेका छन् । त्यस्तै सटपुट छात्रतर्फ मुनाल आदर्शका सुवास ताजपुरीयाले स्वर्ण, गौतमबुद्धका महमद शाहरुख खानले रजत र रिलायन्सका दिगन मगरले रजत पदक जिते भने छात्रातर्फ मुनाल आदर्शकी सुजता ताजपुरीले स्वर्ण, माउण्ट एभरेष्टकी अस्मीता धिमालले रजत र पूर्वाञ्चल एकाडेमी सुन्दरहरैचाकी कृपा सार्कीले कास्य पदक हात पारेका छन् ।
त्यसैगरी ८ सय मिटर दौड छात्रतर्फ सुन्दर हरैचाको व्राइट प्mयूचरका सुजन चौधरीले स्वर्ण, शिक्षा सदनका नमन पुरीले रजन र राष्ट्रनिमार्णका प्रदिप देउजाले कास्य पदक हात पारेका छन् भने छात्रातर्फ व्राइट प्mयूचरकी सोभा कार्कीले स्वर्ण, सिद्धार्थकी प्रमिसा मगरले रजत र शिशु शिक्षा सदनकी नुना थापाले कास्य पदक हात पारे ।

त्यस्तै ज्याभिङ थ्रो छात्रतर्फ पूर्वाञ्चल एकेडेमी सुन्दर हरैचाका देवान तामाङले स्वर्ण, ग्रिनल्याण्ड स्कूलका सुवेज यादवले रजत र माउण्ट मकालु रंगेलीका दिपेश राजवंशीले कास्य पदक जिते ।
भलिवलको छात्र तथा छात्राहरूको दोस्रो चरणको खेल सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन हुने स्पोर्ट्स मिटमा विभिन्न खेलहरू समावेश गरिएको प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले बताए । प्याब्सन् स्पोर्ट्स मिटमा २५ भन्दा बढी एथलेटिक्स, कक्षा १०, ११ र १२ लागि छुटा–छुटै भलिबल प्रतियोगिता पनि समावेश गरिएको छ । छात्र र छात्रा दुवै तर्फ भलिबल कप हुनेछ । १ सय ५१ वटा प्याब्सनसँग आवद्ध विद्यालयहरुबाट करिब २ हजार भन्दा बढी खेलाडी विद्यार्थीहरूको प्रतियोगितामा सहभागि जनाएका प्याब्सन मोरङका सचिब प्रेमलाल सिंह सुवालले जानकारी दिए ।
स्पोर्ट्स मिटमा १ सयदेखि १५ सय मिटरसम्म दौड, रिले, लङ्गजम्प, हाइजम्प, त्रिपल जम्प, सटपुट, ज्याबलिङ्ग थ्रोलगायतको खेलहरू समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्