काठमाडौं-राजविराज उडानमा अब दुई एयरलाइन्स बीच प्रतिस्पर्धा हुने

<span class='c1'>काठमाडौं-राजविराज उडानमा अब दुई</span> <span class='c2'>एयरलाइन्स बीच प्रतिस्पर्धा हुने</span>

काठमाडौं। काठमाडौं-राजविराज उडानमा अब दुई एयरलाइन्स बीच प्रतिस्पर्धा हुने भएको छ। डेढ वर्ष अघि निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले उडान गर्दै आएको यो गन्तब्यमा आउँदो माघ १८ गतेदेखि बुद्धले पनि नियमित उडान सुरु गर्ने भएको छ।

यो बुद्धको लागि नयाँ गन्तब्य हो। बुद्धले यो गन्तब्यमा एटिआर-७२ मार्फत सातै दिन उडान गर्ने जनाएको छ। राजविराज बाट नजिक लहान, गाइघाट, उदयपुर लगायत विभिन्न क्षेत्रका सर्वसाधरणलाई सुविधा दिन कम्पनीले राजविराज उडान सुरु गर्न लागेको जनाएको छ।

'राजविराज वरपर भएका सर्वसाधरणको मागलाई केन्द्रित गर्दै हामीले यो गन्तब्यमा एटिआर-७२ जहाज उडान गर्ने योजना बनाएका छौँ।' बुद्ध एयरका एक कर्मचारीले भने।

श्रीले साताको आइतबार, सोमबार, बुधबार र शुक्रबार गरी चार दिन उडान गर्दै आएको छ। हाल यो गन्तब्यमा श्रीले ४५ सय रुपैयाँ भाडादर कायम गर्दै आए छ। दुई कम्पनीबीचको प्रतिस्पर्धाले काठमाडौं-राजविराज उडान भाडादर घट्न सक्ने कम्पनी स्रोतले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्