व्राइट फ्युचरलाई पाँचौ पटक प्याब्सन स्पोर्ट्स मिटको उपाधि

<span class='c1'>व्राइट फ्युचरलाई पाँचौ पटक</span> <span class='c2'>प्याब्सन स्पोर्ट्स मिटको उपाधि</span>

विराटनगर । प्याब्सन मोरङको आयोजनामा विराटनगरमा जारी ११ औं प्याब्सन स्पोर्ट्स मिटको उपाधि सुन्दरहरैचाको व्राइट फ्युचर सेकेण्डरी स्कूलले हात पारेको छ । ११ औं सस्करणसम्म आइपुग्दा पाँचौ पटक उपाधि जितेको हो ।
व्राइट फ्युचर ६ स्वर्ण २ रजत र १ कास्य गरि ३८ अंक ल्याउँदै उपाधि हात हात पारेको हो । साविक विजेता सुन्दर हरैचाको पूर्वाञ्चल एकाडेमीले ३ गोल्ड, १ रजत र १ कास्य ल्याउँदै २० अंकका साथ दोस्रो स्थान, सुन्दर हरैचाकै मदरल्याण्ड स्कूलले ३ स्वर्ण र १ रजतका साथ १८ अंक ल्याउँदै तेस्रो तथा सुन्दरहरैचाकै सिद्धार्थ से.बो. स्कूलले १ स्वर्ण २ रजत र १ काश्यका साथ १७ अंक ल्याउँदै चौथो स्थान हात पारेका छन् ।

भलिवलतर्फ प्लस टुसम्मको छात्रतर्फ मोर्डन एराले स्वर्ण, सुनगाभाले रजत र कान्तीपुरले कास्य पदक जितेको छ भने छात्रातर्फ लर्डबुद्धले स्वर्ण, एभरेष्ट पथरीले रजत र कान्तीपुरले कास्य पदक जितेको छ । त्यस्तै कक्षा १० सम्म छात्रतर्फ विकेभिएमले स्वर्ण, नोवेल एकाडेमीले रजत र सनरे स्कूलले कास्य पदक जितेको छ भने छात्रातर्फ रेड स्टारले स्वर्ण, व्राइट फ्युचरले रजत र इन्द्रपुर स्कूलले कास्य पदक जितेका छन् ।

प्रतियोगिता भरी ४ स्वर्ण ल्याउँदै व्राइट फ्यूचर स्कूलका सुजन चौधरी छात्र तर्फ उत्कृष्ट खेलाडि घोषित भए भने छात्रा तर्फ ३ स्वर्ण ल्याउँदै सुन्दरहरैंचाकै मदरल्याण्ड एकाडेमीकी रमा दाहाल घोषित भइन । स्पोर्ट्स मिटमा १ सयदेखि १५ सय मिटरसम्म दौड, रिले, लङ्गजम्प, हाइजम्प, त्रिपल जम्प, सटपुट, ज्याबलिङ्ग थ्रोलगायतको खेलहरू समावेश गरिएको छ ।
तीन दिनसम्म सञ्चालन भएको स्पोर्ट्स मिटमा विभिन्न खेलहरू समावेश गरिएको प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले बताए । प्याब्सन् स्पोर्ट्स मिटमा २५ भन्दा बढी एथलेटिक्स, कक्षा १०, ११ र १२ लागि छुटा–छुटै भलिबल प्रतियोगिता पनि समावेश गरिएको थियो । सय ५१ वटा प्याब्सनसँग आवद्ध विद्यालयहरुबाट करिब २ हजार भन्दा बढी खेलाडी विद्यार्थीहरूको प्रतियोगितामा सहभागि रहेको प्याब्सन मोरङका सचिब प्रेमलाल सिंह सुवालले जानकारी दिए ।
विजयी तथा अन्य खेलाडिशरुलाई जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल प्याब्सन केन्द्रिय कार्यसमिति , प्राज्ञिक सल्लाहकार डा. उद्धव पोखरेल, प्याब्सन केन्द्रीय सचिव राजेशकुमार दास, प्याब्सन केन्द्रीय कार्यसमिति सचिवालय सदस्य बासुदेव न्यौपाने , प्याव्सन प्रदेश १ का वरिष्ट उपाध्यक्ष टिकाराम ढकाल, अभिवाक संघ प्रदेश १ का अध्यक्ष देवि पन्ती, प्याव्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत, प्याब्सन मोरङकी बरिष्ट सल्लाहकार सावित्री पराजुलीलगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्