उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने

<span class='c1'>उपसभामुख तुम्बाहाङ्फेले</span> <span class='c2'>राजीनामा दिने</span>

काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनको विषयमा नेकपाभित्र अझै सहमति जुट्न सकेको छैन । तर, सभामुख निर्वाचनभन्दा अघि नै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छन् ।

‘पार्टीको निर्देशनअनुसार सभामुख निर्वाचनको लागि सहज हुनेगरी राजीनामा दिने तयारी गरेकी छु,’ उपसभामुख तुम्बाहाङ्फेले भनिन्, ‘मैले राजीनामा दिने ठूलो विषय हैन । योभन्दा पहिला पार्टीले सभामुखमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय लिनु आवश्यक छ ।’

सभामुखमा आफ्नो दाबी पेस गरिरहेकी उनी पार्टीले सभामुखका लागि नाम तय गरेपछि राजीनामा दिने मनस्थितिमा रहेको स्पष्ट हुन्छ । उनले आफूले सभामुख नपाए पनि सभामुखको उम्मेदवार छानिएपछि सहज वातावरण निर्माण गर्ने बताएकी छन् । उनले आफूले सभामुख नपाउँदा आफ्नो भूमिका के हुने भनी पार्टी नेतृत्वलाईसमेत प्रश्न गरेकी छन् । सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त भएको सभामुख पदमा उपसभामुख तुम्बाहाङ्फेसँगै संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले दाबी गरिरहेका छन् । दुवै तत्कालीन एमालेतर्फका नेता हुन् । उता आफ्नो भागमा परेको भन्दै तत्कालीन माओवादी केन्द्रका नेताहरू अग्नि सापकोटा र पम्फा भुसालको नाम पनि भावी सभामुखमा चर्चामा छ । पार्टी एकतापछि पार्टीभित्र ‘यो पक्ष र त्यो पक्ष’ भन्न नहुने धारणा सार्वजनिक भइरहेको छ ।

नेकपा सचिवालय बैठकले सरकार सञ्चालनको जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टी सञ्चालनको जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय गरिसकेको छ ।

पार्टीभित्र नै व्यापक छलफल गरी सरकार र पार्टी दुवै मोर्चामा दुवै अध्यक्षले आफ्ना गतिविधि सञ्चालन गर्दै आएका छन् । पार्टीको स्थायी समिति बैठकमा समेत पार्टीको तर्फबाट अध्यक्ष दाहालले नै प्रतिवेदन तयार पारी प्रस्तुत गरेका थिए । पार्टीको निर्णयअनुसार नै सरकार सञ्चालन गर्ने विषयमा दुवै अध्यक्षले स्पष्ट रूपमा बताउँदै आएका छन् ।

नेकपाको तर्फबाट सभामुख चयनका लागि सहज वातावरण बनाउनका लागि पार्टीले गरेको आग्रहअनुसार उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने तयारी गरेकी छन् । उनले अधिवेशन सुरु गर्ने बैठक आफूले नै सञ्चालन गर्ने पार्टी नेतृत्वलाई बताउँदै आएकी थिइन् । उनको इच्छाअनुसार शुक्रबारको बैठक उनले नै सञ्चालन गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्