आज डिसेम्बर महिनाको २२ तारिख, अर्थात् वर्षकै छोटो दिन !

<span class='c1'>आज डिसेम्बर महिनाको २२ तारिख,</span> <span class='c2'>अर्थात् वर्षकै छोटो दिन !</span>

काठमाण्डौ – आज डिसेम्बर महिनाको २२ तारिख, अर्थात् वर्षकै छोटो दिन । आज थोरै समयमात्र घाम लाग्ने भएकाले दिन छोटो र रात लामो हुने गर्छ ।

भाेिीदेखि अलिअलि गर्दै दिन लामो र रात छोटा हुँदै जाने भए पनि यसको महसुस हुन भने केही समय लाग्ने ज्योतिषशास्त्रीहरु बताउँछन् ।

सबै ग्रहले आ–आफ्नै समयअनुसारले सौर्य मण्डलको परिक्रमा गरिरहेका हुन्छन् । यसैलाई आधार मानेर चलनचल्तीका दिन र गतेहरु गनिन्छ ।

आज बिहान ६ बजेर ५१ मिनेटमा झुल्किएको घाम भरे बेलुका ५ बजेर १४ मिनेटमा अस्ताउने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । शनिबार बिहान ६ बजेर ५० मिनेटमा झुल्किएको घाम बेलुका ५ बजेर १३ मिनेटमा अस्ताएको थियो ।

पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो भने दक्षिणी खण्डमा आज वर्षको सबैभन्दा लामो दिन र रात छोटो हुने गर्छ ।

डिसेम्बर २०, २१ वा २३ मा दिन छोटो र रात लामो हुने गर्छ भने जुन २१, २२ र २३ मा दिन लामो र रात छोटो हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्