इटहरी । अत्याधिक जाडो बढे सँगै इटहरी उपमहानगरपालिकाले इटहरी क्षेत्रका सरकारी तथा नीजि विद्यालयहरु तीन दिनको लागि बन्द गर्ने निर्णय गरेको छ ।
विहानै देखि हुस्सु र चिसो हावा चलेर बालबालिकाहरुको जनजिवन प्रभावित भएको भन्दै उपमहानगरले तिन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । पुस लागे देखि नै विहानै देखि हुस्सु लाग्ने तर घाम नलाग्ने समस्या भएको कारण विद्यार्थीहरु समस्यामा परेको भन्दै तीन दिन विद्यालय विदा दिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
जाडोको कारण बालबालिकाहरुलाई समस्या परेको भन्दै विद्यालय ७ गते देखि ९ गते सम्म कक्षा एक देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई विदा दिएको इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाकी प्रमुख अम्बिका शाहले बताईन ।