वीरेन्द्रनगर । आमा-बुबाबीचको कलहका कारण वीरेन्द्रनगरमा एक बालकले आत्महत्या गरेका छन्। वीरेन्द्रनगर-७ मा रहेको सकुम्वासी बस्तीमा बस्ने ११ वर्षीय बालकले आत्महत्या गरेका हुन्।
मदिरा सेवन गरेका बालकका बुबा र आमाबीच भएको पारिवारिक झगडाका कारण बालकले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
पारिवारिक कलहका कारण गएराति (आइतबार राति) बालकले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।