इलाममा छ वर्षमा सात सय भन्दा बढी अपराधका घटना

इलाममा छ वर्षमा सात सय भन्दा बढी अपराधका घटना

इलाम । इलाममा छ वर्षमा सात सय भन्दा बढी अपराधिक घटनामा भएको पाइएको छ । सात सय अपराधिक घटनामा सबै भन्दा बढी बालिका बलात्कारका घटना रहेको तथ्याङ्क पाइएको छ । सात सय ३९ वटा अपराधिक घटनामध्ये बालिका बलात्कारका घटना मात्रै ९७ वटा रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले तथ्याङ्क सार्वजनिक गरेको हो ।

छ वर्षभित्र इलाममा आत्महत्याका तीन सय १८, घरेलु हिंसाका दुई सय १६, बलात्कारका एक सय ३५, बहुविवाहका ३८, बालक कुटपिटका १०, हत्या र मानव ओसारपसार तथा बेचविखनका आठरआठ, वेवास्ता, बालविवाह र जातिय विभेदका दुई-दुई वटा घटना रहेको तथ्याङ्क छ ।
त्यस्तै छ वर्षमा सबै भन्दा बढी सन् २०१७ मा मानव अधिकार उल्लङ्घनका घटना घटेको प्रतिवेदनमा उल्लेख छ । यस वर्ष एक सय ७८, सन् २०१५ मा एक सय ५८, सन् २०१६ मा एक सय ४९, सन् २०१८ मा एक सय २०, सन् २०१४ मा ७९ र सन् २०१९ मा ३३ वटा घटना घटेको प्रतिनिधि ढकालले बताइन् । यस वर्ष भने सबै भन्दा कम घटना भएको पाइएको छ ।

प्रतिवेदनको तथ्याङ्क अनुसार, सन् २०१९ मा ३३ वटा मानव अधिकार उल्लङ्घनका घटना घटेका छन् । जसमा सबै भन्दा बढी बलात्कारका घटना रहेका छन् । यस वर्ष बालिका १३ र महिला आठ गरी बलात्कारका २१ ओटा घटना भएका छन् । यसैगरी बहुविवाहका आठ, हत्याका तीन र बालविवाहको एक वटा घटना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्