जिल्ला प्रशासन तेह्रथुमको लापरबाही, सेवाग्राहीको थरै परिवर्तन

जिल्ला प्रशासन तेह्रथुमको लापरबाही, सेवाग्राहीको थरै परिवर्तन

तेह्रथुम। जिल्ला प्रशासन कार्यालय तेह्रथुमका कर्मचारीले सावधानी नअपाउँदा फेदाप गाउँपालिका ३ जलजलेका १२ जनाको थर परिवर्तन भएको छ । सार्की थरका उनीहरुलाई तत्कालिन जिल्ला प्रशासन कार्यालयका कर्मचारीले नेपाली (दमाई) जातीको थर लेखेर नागरीकता दिएका छन् ।

एउटै परिवार भित्र नेपाली (परियार), मग्रान्ती र सार्की थरको नागरिकता प्रशासन कार्यालयले दिएको छ । ०४० साल पुस ८ गते जिल्ला प्रशासन कार्यालयबाट जारी भएका १२ जना बढिको नागरिकतामा थर नेपाली छ । आफुहरुको जात सार्की भए पनि प्रशासनका कर्मचारीले आफुहरुलाई नागरिकतामा नेपाली (दमाई) बनाएर दिएको पिडीतको भनाई छ ।

निरक्षर उनीहरु कसैले पनि त्यस बखत आफ्नो नागरिकतामा लेखीएका कुनै पनि अक्षर हेरेनन् र अक्षर चिन्ने अरु कसैलाई पनि देखाएनन् । केहि समय पछि उनीहरुले सदरमुकाम स्थित जिल्ला प्रशासन कार्यालय पुगेर आफ्नो थर सच्याईदिन प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेका थिए ।

तर तत्कालीन प्रमुख जिल्ला अधिकारीले सच्याउन नमिल्ने भन्दै फर्काएको दिएको जय बहादुर नेपालीको भनाई छ । यसबारेमा सीआईएनले जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूसँग प्रतिक्रिया लिन खोज्दा कोही पनि सम्पर्कमा आउन चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्