काठमाडौं- काठमाडौं विश्वविद्यालय माताहतका मेडिकल कलेजहरुमा एमबिबिएस र बिडिएसमा इन्टर्नसिप गर्ने विद्यार्थीहरुको भत्ता (स्टाइपेन्ड) बढ्ने भएको छ।
चिकित्सा शिक्षा संघर्ष समिति र केयूबीच भएको छलफलपछि भत्ता बढाउने निर्णय भएको हो।
विद्यार्थीहरुले इन्टर्नसिपका क्रममा मासिक रुपमा १३ हजार भत्ता पाउने भएको छन्। यसका साथै नाइट ड्युटी गरेको अवस्थमा मासिक १३ हजार र थप १५ सय पाउने निर्णय भएको छ।
यसअघि अधिकांश मेडिकल कलेजमा १० हजार ८ सय भत्ता थियो ।