रिर्पोटर डायरी : धरानमा ‘ फ्लावर ब्रिज ’ फुलै फुलको पुल ( फोटो फिचर सहित)

रिर्पोटर डायरी : धरानमा ‘ फ्लावर ब्रिज ’ फुलै फुलको पुल ( फोटो फिचर  सहित)

 प्रेम देवान
आवर विराटनगर

धरान । सुनसरी जिल्लाको धरानको प्राचिन बजार फुस्रे चोकबाट करिब ३ सय मिटर उत्तरमा सर्दु खोलाको शिर छ । अनि त्यही फुस्रेबाट विष्णुपादुका जाने बाटोमा पर्ने सर्दुखोला आँउछ । फुस्रे र विष्णुपादुका जोड्ने पुल पनि छ । अनि त्यही पुलमा चारै तिर फुलले सिंघारिएका छन् । पुलमा फुलले सजाईएका कमै मात्रामा भेटिने गरेका छन् । तर धरानको ओशो पार्कमा रहेको त्यो ‘ फ्लावर ब्रिज ’ ले जो कोहीलाई पनि लोभ्याउने गरेको छ । भुईमा सिमेन्ट अनि फलामले घेरिएको पुलमा विभिन्न प्रजातिका फुलै फुलले सजाइएको छ ।
सर्दुखोलाको शिर यही हो जहाँबाट धरानको पानी ल्याउनको लागि सर्दुखोलामा ‘फ्लावर ब्रिज’ बनाइएको हो । अनि त्यसैलाई सबैले ‘फ्लावर ब्रिज’ अर्थात फुलै फुलको पुल भन्दै आएका छन् ।

तस्वीर: प्रेम देवान
आवर विराटनगर

पुलभरी गमलामा रोपिएको फुलले पुलको सौन्दर्य नै परिवर्तन भएको छ । फुलले सजाइएको पुलमा जो कोहीको पनि मोहित हुन्छन् । ‘सर्दुखोलाको शिरमा रहेको ‘फ्लावर ब्रिज’ मुनी खोलामा रहेका ढुङगाहरुलाई बिभिन्न आकार दिईएको छ । ढुङ्गालाई विभिन्न जनवार तथा पशुपंक्षीहरुको आकृति बनाइएको छ, जसले खोला किनारलाई पनि छुट्टै सौन्दर्य दिएको छ । यही ठाउँमा ढुङ्गालाई खोपेर बिभिन्न आकार बनाएर अजिङ्गर, हाँस, भ्यागुता, चरा चुरुङगी, किरा फटेङग्रा, विभिन्न भगवानको मुर्ति, देशका नेताको सालिक बनाउने समेत योजनाको तयारी गरिदै छ ।

तस्वीर: प्रेम देवान
आवर विराटनगर

ओशो पार्कसँगै वी.पी. पार्क
‘सर्दुखोलाको ‘फ्लावर ब्रिज’ तर्ने बितिकै आउने मनोरम ठाउँ हुन् ओशो पार्क र बी.पी पार्क । यी दुई वटा पार्क सर्बसाधारणको लागि घुम्ने आकर्षक ठाउँ बन्दै छ । यही ठाउँमा पछिल्लो समय आन्तरिक पर्यटकको घुईँचो बढ्दै गएको स्थानीय बताउँछन् ।

तस्वीर: प्रेम देवान
आवर विराटनगर
सर्दुखोलाको शिर भएकोले पानी पनि प्रशस्त भएका कारण पानीमा रमाउन समेत आन्तरिक पर्यटकहरु विपि पार्क पुग्ने गरेका छन् । विपि पार्क तथा ‘ फ्लावर ब्रिज ’ वरपर साना होटलहरु समेत खोलिएका छ । दैनिकी घुम्न आउने आगन्तुक पर्यटकहरुको घुईँचो बढ्दै गएपछि हरेक दिन यो क्षेत्रमा होटल व्यावसाय पनि बढ्दै गईरहेको छ ।

तस्वीर: प्रेम देवान
आवर विराटनगर
घुम्न आउनेहरुलाई चटपटेदेखि सेकुवा र सुकुटी, सेलरोटी तथा अन्य पेय पद्धार्थको समेत उपलब्ध भएपछि स्थानीय व्यवसायीहरको पनि राम्रै आम्दानीको थलो बन्दै जान थालेको छ । प्राय शनिबार सर्बसाधारणको घुईचो लाग्ने यस ठाउँलाई शान्त ठाउँको रुपमा लिने गर्दछन् ।
बी.पी.स्मृति पार्क भित्र बालबालिकाका लागि खेल्ने ठाँउ र वनभोजका लागि टाढा–टाढाबाट आउने गरेका छन् । आन्तरिक पर्यटकको मुख्य गन्तव्य बनाउन वडा नम्बर १३ ले २ लाख रुपैयाँ समेत छुट्याएको छ । बी.पी. पार्क तथा ‘फ्लावर ब्रिज’ प्रचार प्रसार गरे आउदै गरेको भ्रमण बर्ष २०२० लाई पनि यसले ठूलो टेवा पुग्नेछ ।

तस्वीर: प्रेम देवान
आवर विराटनगर

तस्वीर: प्रेम देवान
आवर विराटनगर

तस्वीर: प्रेम देवान
आवर विराटनगर

लेखक ः प्रेम देवान
आवर विराटनगरका समाचार प्रमुख हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्