मिरगञ्ज पुल नबन्दा बिराटनगरका ब्यवसायीमर्कामा, मोरङ–सुनसरी कोरिडोरका उद्योग ठप्प हुँदै

मिरगञ्ज पुल नबन्दा बिराटनगरका ब्यवसायीमर्कामा, मोरङ–सुनसरी कोरिडोरका उद्योग ठप्प हुँदै

विराटनगर । दुई वर्षअघिको बाढीका कारण भारतको बिहारस्थित मिरगञ्जको पुल जीर्ण बन्दा प्रदेश–एकका उद्योगी व्यवसायी मर्कामा पर्दै आएको उद्योगीहरुले गुनासो गरेका छन्। यसैक्रममा मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनका क्रममा उद्योगीहरुले सीमा क्षेत्र जोगवनी नजिकै रहेको मिरगञ्ज पुल जीर्ण बन्दै गर्दा मोरङ–सुनसरी कोरिडोरका उद्योग व्यवासाय ठप्प हुने अवस्थामा पुगेको बताएका छन्।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघद्वारा आयोजित कार्यक्रममा उद्योगीहरुले सो पुलको निर्माणमा तीव्रता दिनु पर्नेमा जोड दिएका थिए।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले कार्यक्रममा हाल पनि सो पुल मर्मतकै अवस्थामा रहेको जानकारी दिए। उनका अनुसार भारतीय पक्षले सो पुल मर्मत कार्य सम्पन्न हुन अझै करिब ४ साता लाग्ने बताए।यसक्रममा समस्याको दीर्घकालिन समाधानका लागि आई.सी.पी. जोगबनी जोड्ने आर.सी.सी. पुलको निर्माण कार्यलाई पनि तीव्रता दिनु पर्ने माग अघि बढाइरहेको उनले बताए।

त्यसैगरि, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले पुलको पुर्ननिर्माणका लागि पटक–पटक सम्बन्धित निकायसँग माग गरेको बताए। तथापि निकायहरुबाट कुनैपनि प्रकारको ठोक कदम नचालिएको उनको गुनासो छ।उनले भने, ‘सरकारको कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालय, भारतीय दुतावास–काठमाडौँ, नेपाली दुतावास दिल्ली, भारतका हाईवे डिभिजनहरु लगायत विभिन्न मन्त्रालयहरुमा पहल गर्दा पनि कुनै ठोस काम हुन सकेको छैन।

कार्यक्रममा उद्योगीहरुले हाल मर्मतमा रहेको सो पुलको निर्माणपछि पनि भार क्षमताका कारण अवरोध हुने अवस्था कायम रहेको बताउँछन्।

दुइ वर्षअघि २०७४ साल साउनको अन्तिममा गएको भीषण बाढीले सो पुलमा क्षति पुगेको थियो। त्यसपछि, उद्योगी व्यवसायीले आठ महिनासम्म मालसमान सुनसरीको भीमनगर नाकाबाट भित्राउदै आएको थिए।

हालको यस पुलमार्फत मालवाहक सवारी साधनहरुको आवतजावत पूर्णरुपले ठप्प हुँदा भारततर्फ मात्र पनि करिब ५ हजार सवारी साधनहरु अलपत्र पर्ने स्थिति रहेको व्यवसायीहरुले बताएका छन्। उनीहरुका अनुसार सो क्षेत्रमा हाल करिब २ हजारको संख्यामा मालवाहक सवारीसाधनहरु लामवद्ध भइसकेका छन्।

मालवहाक सवारी बाटैमा अलपत्र हुँदा व्यवसायीहरुले डिटेन्सन र डेमुरेज चार्ज दैनिक १ करोड तिर्नुपर्ने अवस्था रहेको उनीहरुको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्