आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

काठमाण्डाै । आज डिसेम्बर २५ तारिख, इसाई धर्माबलम्बीले चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस मनाउँदैछन् ।'क्रिसमस डे'का अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा दिएको छ ।

इशाई धर्मका संस्थापक येशू ख्रीष्टकाे जन्मजयन्तीका अवसरमा क्रिसमस मनाउने गरिन्छ । क्रिसमसका अवसरमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरी हर्षाेल्लासका साथ मनाउने गरिन्छ ।

नेपालमा इसाई धर्मको इतिहास चार सय वर्षभन्दा पुरानो रहेको र अहिले नेपालमा १२ हजार ५ सय चर्च रहेको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ ।

काठमाण्डाैकाे ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायतका स्थानमा आज विशेष कार्यक्रम हुँदै छ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशूको जन्म भएको मानिन्छ ।

येशूले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत चलाइएको विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्