छथरको फेदापमा ५० बर्षीय बृद्ध मृत भेटिए

छथरको फेदापमा ५० बर्षीय बृद्ध मृत भेटिए

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका ६ का ५० बर्षीय लिलम लम्जेल छथर गाउँपालिका ५ को सडकमा मृत अबस्थामा फेला परेका छन् । मंगलवार घरबाट शुक्रवारे बजार तर्फ हिँडेका लम्जेल आज बिहान साँढे ८ बजे छथर गाउँपालिका ५ को सुदाप जाने बाटोमा मृत फेला परेका हुन् ।
शुक्रवारे बजारमा अत्याधिक मादक पदार्थ सेवन गरेर घर तर्फ हिडेका लम्जेल बाटोमा नै सुतेको र चिसोका कारण मृत्यु भएको हुन सक्ने स्थानीयवासीले बताएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्