आगो ताप्दा जलेर एक महिलाको मृत्यु, अर्की महिला घाइते

आगो ताप्दा जलेर एक महिलाको मृत्यु, अर्की महिला घाइते

सर्लाही, पुस १० । बरहथवामा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । चिसो छल्न घरको आँगनमा आगो बालेर ताप्ने क्रममा बरहथवा नगरपालिका–१७, का रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमती देवी साहको जलेर मृत्यु भएको हो ।

हिजो साँझ ४ बजे आगोले शरीरको पूरै भाग जलेर गम्भीर घाइते भएकी राजमतीको उपचारका क्रममा गएराती प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मूर्तियाले जनाएको छ ।

यस्तै सर्लाहीकै विष्णु गाउँपालिका–१, मा आगोले जलेर अर्की एक महिला घाईते भएकी छन् । गएराती घर अगाडि आगो बालेर ताप्ने क्रममा सोही ठाउँका राजन पासवानकी २५ वर्षीया श्रीमती सरस्वती पासवान जलेर घाइते भएकी हुन् ।

चिसोबाट जोगिन जथाभावी आगो बालेर ताप्ने गर्दा दुर्घटना बढेको भन्दै सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्