धरानमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, घरायशी बादबिबादमा कुटपिट

<span class='c1'>धरानमा श्रीमानको कुटपिटबाट श्रीमतीको</span> <span class='c2'>मृत्यु, घरायशी बादबिबादमा कुटपिट</span>

सुनसरी, पौष १० गते ।

सुनसरीको धरान उपमहानरपालिका-१५ मा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बुधवार राती साँढे ८ बजेको समयमा ४३ बर्षीय काजीमान राई र ३६ बर्षीय रमिला राई बिच घरायशी बादबिबाद भई कुटपिट समेत हुँदा श्रीमती घाईते भएकी थिईन ।

घाईतेलाई उपचारको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको हो ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले श्रीमती हत्यामा संग्लग्न रहेका राईलाई पक्राउ गरेको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्