रेडपाण्डा संरक्षण गर्न पाठ्यक्रम नै तयार गरी पढाई

रेडपाण्डा संरक्षण गर्न पाठ्यक्रम नै तयार गरी पढाई

इलाम । एकवर्ष अघि इलामको सन्दकपुर गाँउपालिकाको जमुनास्थित चोयाटारमा रेडपाण्डा मृत अवस्थामा फेला परेको थियो । मृत रेडपाण्डाको पुच्छर र शरीरको केही भागमात्र बाँकी रहेको अवस्थामा फेला परेको थियो ।

त्यस्तै सन्दकपुर गाउँपालिका १ स्थित माईपोखरीभन्दा केही तल तीनकुने भन्ने ठाउँमा दुईवटा कुकुरले सिकार गरिरहेको अवस्थामा स्थानीय यान्ङ्ग्जीन गुरुङले कुकुरदेखि खोसेका थिए । इलाम नगरपालिका–१ पुवा मझुवामा रेडपाण्डा कुकुरको शिकार बन्यो । यसरी दिन प्रतिदिन रेडपाण्डा मृतअवस्थामा भेटिनुले यसको संरक्षणमा चुनौति देखिएको हो । पछिल्लो समय रेडपाण्डा संरक्षण गर्न सामुदायिक विद्यालयले पनि चासो देखाएका छन ।

रेडपाण्डा (हाब्रे) संरक्षणमा सामुदायिक विद्यालयले पढाई सुरु गरेका छन । उत्तरी इलामको रेडपाण्डा पाइने क्षेत्रमा पर्ने सामुदायिक विद्यालयहरुमा रेडपाण्डा संरक्षण सम्बन्धि पढाइ भइरहेको छ । इलामका ६ वटा विद्यालयको कक्षा ६ र ७ मा ऐच्छिक रुपमा वातावरण संरक्षण शिक्षा पढाइ भएको हो । संरक्षणका कार्यमा अग्रसर रेडपाण्डा नेटवर्कले इलाम सहित पाँचथर र ताप्लेजुङ जिल्लाका उत्तरी क्षेत्रमा पाठ्यक्रम तयार गरी पठन पाठन गरिरहेको भानुदय आधारभुत विद्यालयका शिक्षक दुर्गामणि निरौलाले बताए ।

उनले भने विद्यालय स्तरमा रुट्स एण्ड सुट्स कार्यक्रम संचालन भइरहेको छ । कार्यक्रम अन्तर्गत विद्यार्थी समूह गठन गरी रेडपाण्डा लगायत जैविक विविधता विषय समावेश भएको भित्ते पत्रिका प्रकाशन गर्ने रेडपाण्डा दिवसमा हाजिरि जवाफ, नाटक, वादविवाद , चित्रकला प्रतियोगिता आयोजना गरिन्छ । विद्यालयमा पढाइ भएपछि जैविक विविधता सँगै लोपोन्मुख जन्तु रेडपाण्डाको संरक्षणमा अभिभावकहरुमा जागरुकता आएको शिक्षक दधिराम भट्टराईले बताए ।

स्थानीय समुदायको रेडपाण्डाको बासस्थानसँग सीधा सरोकार रहेकाले संरक्षण शिक्षा जरुरी भएको संरक्षणमा क्रियाशील संस्था उच्च पहाडि संस्थाले जनाएको छ । घाँस, दाउरा, निगालो । मालिड.्गो जस्ता महत्वपुर्ण वन पैदावार संकलनका क्रममा स्थानीय समुदाय रेडपाण्डाको वासस्थानमा आश्रित भएकाले संरक्षणमा चुनौति रहेको छ । वातावरण संरक्षण शिक्षाले विद्यार्थीहरुलाई रेडपाण्डा र वातावरण संरक्षणमा अभिप्रेरित गर्ने जनाइएको छ ।

रेडपाण्डा संरक्षण गर्न सन २००७ देखि काम गर्दै आएको रेडपाण्डा नेटवर्कले काम गरिरहेपनि रेडपाण्डा संरक्षणमा काम गरिरहेको छ । २०१९ मा रेडपाण्डा संरक्षणको कार्यक्रम सञ्चालन गर्न ६७ लाख १८ हजार रुपैयाँको कार्यक्रमतय गरियो । सन २०१८ भने ६९ लाख ३० हजार आठ सय रुपैयाँ इलाम जिल्लामा मात्रै खर्च भएको थियो । रेडपाण्डा संरक्षणका लागि कोरिडोर निर्माण गिरि जग्गा ब्यस्थापनका लागि पनि काम अघि बडेको थियो ।

वर्षेनि रेडपाण्डा संरक्षणका लागि खर्च गरिरहँदा पनि रेडपाण्डा संरक्षणमा चुनौती देखिएको हो । इलामको सन्दकपुर गाउँपालिकाको माबु दोभाने, जौवारी, हाँगेथाम, जमुनाको चोयाटार, माईजोगमाई गाउँपालिकाको प्याङ पातल सामुदायिक वन, जोगमाईको माथिल्लो सामुदायिक वनलगायतमा पाइने मालिंगो र भालुचिण्डेको टुसा भाँचेर स्थानीयले तरकारी खाने र टुसा विक्रीगर्न थालेपछि रेडपाण्डा झन संकटमा पर्न थालेको छ । लजालु स्वभावको भएकोले जंगली जनावर र कुकुरले सजिलै आक्रमण गर्ने भएको हुदाँपनि यसको संख्यामा वृद्धि हुन सकिरहेको छैन ।

इलामका १८ भन्दा बढी सामुदायिक वनमा रेडपान्डा संरक्षण कार्यक्रम चलिरहेको छ । रेडपाण्डाको चोरी–सिकारी नियन्त्रणका लागि अनुगमन, विद्यालयहरूमा क्लब गठन, रेडपाण्डाको अनुगमनका लागि क्यामेराबाट निगरानी गर्ने जस्ता कार्यक्रम संस्थाले चलाउँदै आएको रेडपाण्डा नेटवर्कका संयोजक दावा यल्मोले बताए ।

रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नामक संथाले विगतका वर्षदेखि काम गरिरहेपनि अहिले सम्म कतिको संख्यामा रेडपाण्डा छन भन्ने तथ्याङक छैन । संरक्षण गर्न भनेर नेटवर्क मार्फत इलाम, पाँचथर र ताप्लेजुङमा क्यामेरा राखे पनि प्रभावकारी बन्न नसक्दा रेडपाण्डाको तथ्याङक नेटवर्कले नसकेको हो । इलाम सहित पाँचथर र ताप्लेजुङ्गमा समेत रेडपाण्डा संरक्षणको कार्यक्रम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्