झापाको धुलाबारीमा तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु

झापाको धुलाबारीमा तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु

लीलाराज झापाली

बिर्तामोड, पुस १० गते ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी झापाको मेचीनगर धुलाबारीमा बुधबारदेखि तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ ।
महोत्सवको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विधिवत उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई भव्य बनाउने क्रममा हेलिकप्टरबाट पुष्पवर्षा गराउनका साथै यस क्षेत्रका विभिन्न जनजातिको झाँकीसमेत प्रस्तुत गरिएको थियो ।

आगामी पुस १७ गतेसम्म चल्ने सो महोत्सवमा नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशका गरी १९० स्टल राखिएका छन् । सो अवसरमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई हेलिकप्टरबाट झापा तथा छिमेकी जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गराइने आयोजक समिति मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषिराज तिम्सिनाले बताउनुभयो ।

महोत्सवमा स्वदेशी उत्पादन, खाद्य परिकार, मिल मेसिनरी उत्पादन, कृषि उत्पादन, शिक्षा पर्यटन, शिक्षा र सेवासम्बन्धी स्वदेशी तथा विदेशी सामग्रीको प्रदर्शन, बिक्री तथा प्रवद्र्धन गरिने आयोजक समितिका संयोजक भूमि पौड्यालले बताउनुभयो ।
महोत्सवको उद्घाटन गर्नुहुँदै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई आगामी १० वसाथ तयारी थालेको बताउनुभयो । प्रदेश १ का विश्वकै अग्लो हिमाल सगरमाथादेखि लिएर देशकै होचो कचनकवल, विश्वकै होचो अरुण उपत्यकासमेत यसै प्रदेशमा रहेको भन्दै यसै भ्रमण वर्षमा समेत कम्तीमा पाँच लाख पर्यटक प्रदेशले भिœयाउने गरी तयारी र प्रचार थालिएको जानकारी दिनुभयो । भ्रमण वर्षलाई सफल बनाउन प्रदेश सरकारले २० करोडको कोष स्थापना गरेर अगाडि बढेको जानकारी दिनुभयो ।

हाल बङ्गलादेशमा नेपाली उत्पादन निर्यातमा बढी कर लगाइएकाले नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा ठूलो परिणामको निर्यात व्यापार हुन नसकिरहेको मन्त्री राईले बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घका प्रदेश १ का अध्यक्ष नरेन्द्रकुमार खड्कालगायतले नेपालको सुदूरपूर्वी मेचीनगर नाकाबाट छिमेकी मुलुक बङ्गलादेश, भारत, चीन र भुटानबाट समेत हवाई तथा स्थल मार्गबाट प्रसस्त पर्यटक भिœयाउने र स्वदेशी कृषि तथा अन्य सामग्रीको आयात निर्यात गरिसक्दो फाइदा लिन सरकारले सक्दो कूटनैतिक पहल थाल्न सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्