संखुवासभा । संखुवासभामा निर्माणाधिन अरुण तेस्रो आयोजनाले मुआब्जा नदिएको भन्दै स्थानीयबासीले दिदिङदेखि पावरहाउस पुखुवा सडक–खण्ड आज (बिहिबार) देखि अनिश्चित्कालीन बन्द गराएका छन् ।
आयोजनाको करिब ३० प्रतिशत काम भइसक्दासमेत दिदिङको पुखुवासम्मको २४ किलोमिटर सडक–खण्डमा मुआब्जा नपाए पछि उनीहरुले अनिश्चित्कालीन बन्द गराएका हुन् ।
आयोजनाले पिडिएमा उल्लेख भएअनुसार स्थानीयको हक अधिकार सुनिश्चित हुनु पर्नेलगायत आयोजनामा रहेका दर्ता छुट जग्गालाई नियमअनुसार श्रेस्ता कायमको उनीहरुले माग गरेका छन् ।दुई सय घरपरिवारको करिब छ सय रोपनी जग्गाको मुआब्जा पाउन बाँकी रहेको दाबी उनीहरुको छ । नौ सय मेगावाट विद्युत उत्पादन हुने उक्त आयोजना सन् २०२२ मा सम्पन्न गर्ने भारतीय कम्पनी सतलजले जनाएको छ ।