ताप्लेजुङ । ताप्लेजुङ सडक निर्माणका क्रममा ढलेको रूखले किचेर ताप्लेजुङमा एक वृद्धाको ज्यान गएको छ। सिरिजंघा गाउँपालिका-२ आम्बेगुदिनस्थित हप्पुखोलाबाट तेल्लोक जोड्ने मोटरबाटो निर्माणका क्रममा ढलेको रूखले किच्दा स्थानीय ६० वर्षीय पदम माया खड्काको घटनास्थलमा नै ज्यान गएको आम्बेगुदिन प्रहरी चौकीले जनाएको हो।
प्रहरीका अनुसार बिहीबार दिउँसो घर छेऊमा रहेर मेसिनले बाटो बनाएको हेरिरहेकी वृद्धालाई अचानक ढलेको रूखले किचेको थियो। मेसिनभन्दा झण्डै ५ मिटर पर रहेको सुकेको रूख मेसिनको 'भाइब्रेसन'का कारण अचानक ढलेको हुन सक्ने प्रहरी चौकिका असई गोपीलाल लिम्बूले बताए।