झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आउँदै

<span class='c1'>झापामा पूर्वाञ्चल क्यान्सर</span> <span class='c2'>अस्पताल सञ्चालनमा आउँदै</span>

भद्रपुर । झापासहित मेचीका क्यान्सर बिरामीले नेपालका अन्य जिल्लासहित भारत धाउनु पर्ने समस्यालाई मध्यनजर गरी झापाको बिर्तामोडमै स्थापना गरिएको पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आउँदैछ। बिएण्डसी अस्पतालकै लगानीकर्ताले स्थापना गरेको सो क्यान्सर अस्पतालले अंग्रेजी नयाँ वर्ष जनवरी १ तारिख अर्थात् पुस १६ देखि आफ्नो सेवा सुरु गरिने भएको हो।

नेपालमै पहिलो पटक भित्र्याइएको अत्याधुनिक प्रविधिसहित स्थापना गरिएको अन्तर्राष्ट्रियस्तरको क्यान्सर अस्पताल भएको बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए। यो क्यान्सर अस्पताल दक्षिण एसियामै पहिलो अत्याधुनिक प्रविधिको अस्पताल भएको उनको दाबी छ। चार सय करोड लगानी स्थापना गरिएको यो अस्पतालमा क्यान्सरका बिरामीलाई एक मिनेटमा रेडिएसन दिन सक्ने ‘ट्रयू बिम लिनियर एक्सेलेरेटर’ मेसिन पहिलो पटक नेपाल भित्र्याइएको कार्यकारी निर्देशक प्रसाईंले बताए।

अस्पतालले सेवा आरम्भ गरेको दिन पहिलो सेवाग्राहीलाई निःशुल्क रेडिएसन दिइने प्रसाईंले बताए। ‘हामीले अस्पताल सुरु गर्दा सामाजिक उत्तरदायित्वलाई पनि ख्याल गर्नुपर्छ’, उनले भने, ‘अस्पताल सुरु भएको अवसरमा हामी एकजना बिरामीको सम्पूर्ण खर्च आफैँ ब्यहोर्छौं।’

नेपालका विभिन्न क्षेत्रसँगै भारत, बंगलादेश भुटानसहित दक्षिण एसिया नै अस्पतालको सेवा क्षेत्र रहेको उनको भनाइ छ। क्यान्सरको अवस्था जाँचका लागि ‘पेट सिटी स्क्यान’ म्यासिन पनि अस्पतालमा ल्याइएको अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले जानकारी दिए। ‘यो अत्याधुनिक प्रविधि नेपालमै पहिलो हो’, उनले भने, ‘यसका लागि भारतको दिल्ली वा सिंगापुर जानुपर्थ्यो, त्यो बाध्यता हट्यो, अब झापामै सेवा पाइन्छ।’

बिएण्डसी अस्पताल हाताभित्र स्थापना गरिएको क्यान्सर अस्पतालमा महिलाको स्तन क्यान्सर पत्ता लगाउन अत्याधुनिक प्रविधिसहितको डिजिटल थ्रिडी म्यामोग्रामसमेत ल्याइएको छ। शल्यक्रियाका लागि पाँचवटा मोडुलर शल्यक्रिया कक्ष रहेको जनाइएको छ। क्यान्सर अस्पतालले क्यान्सरको उपचारमा प्रयोग हुने बिम लिनर एक्सिलेरेटर, ब्रेकी थेरापी, पेट सिटी, गामा क्यामेरा, फोर–डी सिटी सिमुलेटर, म्यामोग्राम, ब्रेन ल्याब न्युरो नेभिगेसन सिस्टम, क्याथ ल्याब, डेक्सा स्क्यानलगायत उपकरण अस्पतालमा जडान भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्