विराटनगरका अनिलको वेटरदेखि म्यानेजर सम्मको यात्रा,भन्छन्”आफ्नै रेस्टुरेन्ट खोल्ने सपना छ”

विराटनगरका अनिलको वेटरदेखि म्यानेजर सम्मको यात्रा,भन्छन्”आफ्नै रेस्टुरेन्ट खोल्ने सपना छ”

बिराटनगर पुष १२ ,

बिराटनगर वडा नम्बर १ का अनिल गौतमले होटेल क्षेत्रमा काम गर्न थालेको साढे ४ बर्ष भयो । २३ बर्षीय अनिल हाल बिराटनगर बरगाछीस्थित सर्कल रेस्टुरेन्टमा बिगत ३ बर्ष देखि काम गरिरहेका छन् । बिराटनगर कै पोखरिया स्कुलबाट शिक्षा संकायमा १२ कक्षा पास गरेका अनिलले औपचारिक होटेल समन्धी शिक्षा भने लिएका छैनन् । अनभवले नै होटेल क्षेत्रमा दक्ष बनाएको उनको भनाइ छ ।

वेटरबाट यस क्षेत्रमा लागेका उनि हाल सर्कलमा रेस्टुरेन्ट म्यानेजरको रुपमा कार्यरत छन् । ‘लगनशीलता र मेहनत गरे सफल हुन गार्ह्रो छैन” उनि भन्छन । उनको कामलाई नै देखेर वेटरबाट व्यस्थापनमा उनलाई लागिएको संचालकको भनाइ छ ।

आम नेपाली युवा जस्तै अनिललाई सबै कुरा छाडेर एक समय विदेश जाने भुत पनि चड्यो , उनी भन्छन “विदेश जाने भनेर पासपोर्ट पनि बनाए पछी आफ्नै देशमा केही गर्छु जस्तो लागेर गाइन” । आफ्नो कामलाई संम्मान दिए कामले पनि आफुलाई सम्मान दिनेछ भन्ने उनले विचार राख्छन ।

परिवारको कान्छो छोरो उनि फुर्सद हुने बित्तिकै आफ्नो बुबाको कुखुरा फर्ममा पनि सघाउन जाने गर्दछन । उनको सपना छ “आफ्नै रेस्टुरेन्ट खोल्ने”।

प्रस्तुति : बिबेक दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्