सभामुख पदको उम्मेदवार टुङ्गो लगाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक स्थागित

सभामुख पदको उम्मेदवार टुङ्गो लगाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक स्थागित

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख पदको उम्मेदवार टुङ्गो लगाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक स्थागित भएको छ ।

आज शुक्रबार १ बजेका लागि कार्यसूचीसमेत तय भइसकेको बैठक पुस १६ गते बस्नेगरी सूचना टाँसेर स्थगित गरिएको हो ।

शुक्रबारको बैठकको कार्यसूचीमा सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने थियो ।

उता, नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल सभामुखको उम्मेदवारबारे छलफल गर्न बालुवाटारमा छलफलमा बस्न लागेको बालुवाटार स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्