बिराटनगर पुष १२ , बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीका पक्ष र महिला अधिकारकर्मीले जिल्ला अदालत सुनसरी अगाडि नाराबाजी गरेका छन् । सिद्धबाबाविरुद्ध मुद्दा अदालतमा पेस भएपछि शुक्रबार अदालत पुर्याइएका सिद्धबाबाको पक्षमा र सिद्धबाबाले बलात्कार गरिएकी भनिएकी महिलाका पक्षका महिलाले अदालत गेट अगाडी नाराबाजी गरेका हुन् ।
बलात्कारी कृष्णदासलाई कारबाही गर्नुपर्ने माग सहित महिला अधिकारकर्मीहरुले एक तिर नाराबाजी गरिरहेको दृश्य देख्न सकिन्छ भने अर्को तर्फ बाबाका पक्षका हुलले सिद्धबाबाका पक्षमा पनि नाराबाजी गरिरहेका छन् ।
दुवै पक्षले हातमा प्लेकार्ड लिएर नाराबाजी गरिरहेका छन् । दुवै पक्षको नाराबाजी पछी अदालत परिसरमा सुरक्षा कडा बनाइएको छ ।