पाँचथरकाे पर्यटकीय गन्तव्य लोहाकिल ओझेलमा

पाँचथरकाे पर्यटकीय गन्तव्य लोहाकिल ओझेलमा

पाँचथर। सूर्योदय तथा सुन्दर हिमाली शृङखलाहरुकाे दृश्यावलोकनका लागि उत्कृष्ट गन्तव्य हो लोहाकिल डाँडा । यो डाँडा फिदिम नगरपालिका–१४, फाल्गुनन्द गाउँपालिका–३ र इलाम जिल्लाको सन्दकपुर गाउँपालिकाको त्रिकोणात्मक संगमस्थलमा अवस्थित छ ।यहाँबाट झुल्केघामको सुन्दर दृष्य हेर्न सकिन्छ भने सगरमाथा, कञ्चनजंघा, कुम्भकर्ण, लगायतका हिमश्रृङ्खलाको मनमोहक दृष्य समेत नियाल्न सकिन्छ ।तर प्रचार–प्रसारको अभावले लोहाकिल अझै ओझेलमा परेको छ । यो क्षेत्रलाई पर्यटकीय हिसाबले विकास गर्न चर्चा चलेको धेरै भए पनि ठोस काम भने हुन सकेको छैन ।याे लाेहाकिल डाँडा तीन हजार सात मिटर उचाइमा छ।

पर्यटकीयस्थल सुकेपोखरी नजिकै छ लोहाकिल ।मेची राजमार्गको पाँचथरमा रहेकाे पौवाभञ्ज्याङ बजारबाट सुकेपोखरीसम्म पाँच किलोमिटर मोटर यात्रा गर्न सकिन्छ । सुकेपोखरीबाट आधा घन्टा पैदल हिँड्दा लोहाकिल पुगिन्छ जहाँबाट बिहानै रहरलाग्दो झुल्केघामको दृष्य हेर्न सकिन्छ ।लोहाकिलसँगै सुकेपोखरी तथा नजिकै साधुटार, राँके, देउराली, धार्मिक पर्यटकीय क्षेत्र सिलौटी र लब्रेकुटिजस्ता सुन्दर ठाउँ छन् । लोहाकिल यात्रामा निस्कँदा यी सबै ठाउँको एक दिने प्याकेज भ्रमण गर्न सकिन्छ ।हिजाेआज बेला–बेला आन्तरिक पर्यटक लोहाकिल पुग्ने गरेको स्थानीय सुरेश राईले बताउनुभयो । लेकाली क्षेत्रमा पर्ने यो ठाँउमा हिउँदको सिजनमा हिँउ खेल्न विभिन्न ठाँउहरुबाट युवा युवतीहरुको भिड लाग्ने गर्दछ ।

प्रचार–प्रसार र प्रवर्द्धनको कमीले ओझेलमै रहेको लोहाकिल क्षेत्रको पर्यटकीय विकासमा लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्