पोखरा प्रिमियर लिग फाइनल आज:बिराटनगर र चितवन भिड्दै ,बिराटनगरका मेयरले दिए शुभकामना

पोखरा प्रिमियर लिग फाइनल आज:बिराटनगर र चितवन भिड्दै ,बिराटनगरका मेयरले दिए शुभकामना

काठमाडौं । अपराजित रहँदै फाइनल पुगेको चितवन टाइगर्स दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधिका लागि आज विराटनगर टाइटन्ससँग खेल्दैछ ।

पारस खड्काको कप्तानीमा रहेको चितवन पहिलो उपाधि कब्जा गर्ने लक्ष्यसहित विराटनगरसँग खेल्न लागेको हो । पोखरा रंगशालामा खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

यसअघिको र्सस्करणमा उपाधिबाट बन्चीत चितवन फाइनल यादगार बनाउन चहान्छ । यता प्रदिप ऐरीको  कप्तानीमा फाइनल पुगेको विराटनगर रोमान्चक प्रदर्शनसँग फाइनल यात्रा तयगरेजस्तै उपाधि जित्न चहान्छ ।

फाइनलका लागि दुबै कप्तानले तयार भएको बताएका छन् । कप्तान पारसले अपराजित च्याम्पियन हुने बताउँदा पछिल्लो खेलमा समातेको लयलाई विराटनगरले फाईनल खेलमा निरन्तरता दिने विराटनगरका कप्तान ऐरीको भनाइ छ ।

लिग चरणमा चितवनले विराटनगरलाई १८ रनले पराजित गरेको थियो ।

विराटनगर आज लिग चरणको बदला लिँदै उपाधि जिन्ने रणनीतिमा छ तर अनुभवी खेलाडी भएको चितवन हावी हुने आकंलन गरिएको छ ।

यता , बिराटनगरका महानगरपालिका मेयर भिम पराजुलीले बिराटनगरको टिमलाई भिडियो मार्फत शुभकामना सन्देश पठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्