सिराहाबाट लागुअौषधसहित ३ जना युवा समातिए

<span class='c1'>सिराहाबाट लागुअौषधसहित ३</span> <span class='c2'>जना युवा समातिए</span>

ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीको टोलीले आज बिहान सिरहाको बरियारपट्टीबाट  एक युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी वेश क्याम्प बरियारपट्टीबाट खटिएको गस्ती टोलीले भारतीय बजारतर्फबाट आउँदै गरेको स१०प ७१५३ नम्बरको मोटरसाकललाई चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषधसहित सिरहाको लहान नगरपालिका ११ निवासी २६ वर्षीय उदय नारायण चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीको साथबाट लागुऔषध फेनारगन २५४ पिस, डाइजील्याप २५५ पिस र नोफिन २५२ पिस बरामद् भएको सशस्त्र प्रहरी वेश क्याम्प बरियारपट्टीका सशस्त्र प्रहरी निरीक्षक कुमार तिम्लिसिनाले जानकारी दिए ।

प्रतिबन्धित लागुऔषधसहित शुक्रबार साँझ पनि सिरहा प्रहरीको टोलीले जिल्लाको नरहा गाउँपालिका ४ निवासी २६ वर्षीय मोहमद एमामुदिन र सिरहा नगरपालिका ४ रमौल निवासी १९ वर्षीय मोहमद रहिमलाई पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय माडरबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका–१७ पटेर्वाबाट दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको स५प ५०७५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा एमामुदिनको साथबाट नाईट्रोभेट ट्याबलेट ७२० पिस र रहिमको साथबाट नाईट्रोभेट ट्याबलेट ४५ पिस गरी जम्मा ७६५ पिस ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्