विराटनगरमा सिनियर आइटिएफ तेक्वान्दो प्रतियोगीताका विजेता खेलाडीलाई सम्मान

विराटनगरमा सिनियर आइटिएफ तेक्वान्दो प्रतियोगीताका विजेता खेलाडीलाई सम्मान

विराटनगर । २० औं राष्ट्रिय सिनियर आइटिएफ तेक्वान्दो प्रतियोगीतामा प्रदेश नंम्बर १ बाट सहभागी भई पदक जित्न सफल खेलाडीहरुलाई १ नंम्बर प्रदेश आइटिएफ तेक्वान्दो संघले सम्मान गरेको छ ।

रामेछापको खाँडादेवी गाउँपालीका –७ , गाल्पामा सम्पन्न प्रतियोगिताका खेलाडीलाई विराटनगरमा शनिवार सम्मान गरेको हो ।

आइटिएफ तेक्वान्दो संघले प्रतियोगीतामा पदक जित्न सफल २२ जना खेलाडीहरुलाई सम्मान गरेको हो । संघको तर्फबाट विजेता खेलाडीहरुलाई प्रदेश नंम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले माला, खादा र सम्मान पत्र प्रदान गर्दै सम्मान गर्नु भएको छ ।

खेलाडी सम्मान कार्यक्रममा प्रदेश प्रमुख प्यासीले उक्त प्रतियोगीतामा ग्रुप स्पायरिङको पुरुष विधामा स्वर्ण पदक प्राप्त गर्ने भुवन मगर, दिलन राई, बीरबहादुर तामाङ, हिराधन राई र सुरज चौधरी , पुरुष एकल स्पायरिङको ८० केजी माथीको तौल समूहमा स्वर्ण पदक प्राप्त गर्ने रोशन मगर र ६० देखि ६५ केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गर्ने आशिष मगर र महिला एकल प्याटन व्ल्याक वेल्ट फष्ट डान तर्फ स्वर्ण पदक प्राप्त गर्ने केरिसा आचार्यलाई लाई सम्मान गर्नु भयो ।

त्यस्तै प्रदेश प्रमुख प्यासीले प्रतियोगीताको पुरुष ग्रुप प्याटन तर्फ रजत पदक प्राप्त गर्ने संगित राई, आशिष तामाङ , अभय राई , मिसन श्रेष्ठ र विक्रम श्रेष्ठ र पुरुष एकल प्याटन व्ल्याक वेल्ट तेस्रो डान तर्फ रजत प्राप्त गर्ने अर्जुन चौधरीलाई समेत सम्मान गर्नुभयो ।
त्यसैगरी प्रतियोगीतामा महिला ग्रुप स्पायरिङ तर्फ कास्य पदक प्राप्त गर्ने अमिसा तामाङ, भावना तामाङ, विपना राई, श्रद्धा आचार्य र रोमिला राई , पुरुष एकल स्पायरिङ विधाको ६५ देखि ७० केजी तौल समूहमा कास्य पदक प्राप्त गर्ने निशान खत्रीले , ५० देखि ५५ केजी तौल समूहमा कास्य पदक प्राप्त गर्ने लोप्सन शेर्पा र महिला एकल स्पायरिङ विधाको ६५–७० केजी तौल समूहमा कास्य पदक प्राप्त गर्ने भावना तामाङलाई प्रदेश प्रमुख प्यासीले सम्मान गर्नुभयो ।

गएको मंसिर २८ गतेदेखि ३० गते तीन दिनसम्म संचालन भएको २० औं सिनियर आइटिएफ तेक्वान्दो प्रतियोगीतामा एकल स्पायरिङ पुरुष र महिला, ग्रुप स्पायरिङ पुरुष र महिला , एकल प्याटन पुरुष र महिला, ग्रुप प्याटन पुरुष र महिला र सेल्फ डिफेन्स पुरुष र महिला गरि पाँच वटा विधामा प्रतिष्पर्धा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्