२२ दिन अघि ताप्लेजुङबाट हराएकी युवतीकाे हत्या भएकाे खुलासा

<span class='c1'>२२ दिन अघि ताप्लेजुङबाट हराएकी</span> <span class='c2'>युवतीकाे हत्या भएकाे खुलासा</span>

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ चोकपुरकी मन्दिरा अधिकारीको हत्या आरोपमा पक्राउ परेका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले आइतबार पत्रकार सम्मलेन गरी मन्दिराकाे घर चोकपुरमा बसेर स्थानीय गुप्तेश्वर माविमा अध्यापन गराउने रमेश अधिकारीलाई सार्वजनिक गरेको हो । आरोपित अधिकारी हत्या गरिएकी मन्दिराको दाजुका रुपमा मन्दिराकै घरमा बसेर २ वर्षसम्म गुप्तेश्वर माविमा अध्यापन गरेका र गएकाे वैशाखमा अन्यत्र सरुवा भएर गएकाे प्रहरीले जनाएको छ ।

गएकाे मंसिर १७ गते बेलुका हराएकी मन्दिराकाे खाेजीका क्रममा २२ दिनपछि शंकाका आधारमा आरोपित रमेश अधिकारलाई प्रहरीले नियन्त्रण लिएर सोधपूछ गर्दा आफूले मारेर तमोर नदीमा फालेको बयान दिएका थिए ।

प्रहरीले मन्दिरा हराएको दिनदेखिको कलडिटेल तथा सम्पर्कमा आएका व्यक्तिमध्ये शंकास्पद व्यक्तिको खोजी गर्ने क्रममा त्रिवेणी गाउँपालिका-३, हाङपाङका रमेश अधिकारीलाई पक्राउ गरेको थियो । २७ वर्षीय अधिकारीले हत्याको आरोप स्वीकार गरेको प्रहरीले जनाएको छ ।

आरोपित रमेशले भनेको आधारमा तमोर नदीको मित्ला पुल नजिकै रहेको जंगलमा मन्दिराले लगाएका चप्पल र लुगा भेटिएको समेत प्रहरीले जनाएकोछ । रमेशले मन्दिराको घाँटी थिचेर हत्या गरी पुलको बिचबाट तमोर नदीमा फालेको बयान दिएका थिए । हत्याकाे कारण भने अझै खुल्न सकेकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्