विवाह गरौँ भनेपछि प्रेमिकाकाे हत्या, शव तमोरमा बगाइदिए प्रेमिले

<span class='c1'>विवाह गरौँ भनेपछि प्रेमिकाकाे हत्या,</span> <span class='c2'>शव तमोरमा बगाइदिए प्रेमिले</span>

त्रिवेणी गाउँपालिका-२ चोकपुरकी १९ वर्षीया मन्दिरा अधिकारीको हत्या भएको खुलेको छ।१७ मंसिरदेखि बेपत्ता मन्दिराको शव भने अझै फेला परेको छैन।

उनका प्रेमी रमेश अधिकारीले नै उनको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। रमेशलाई प्रहरीले पक्राउ गरेको छ।रमेश नातामा मन्दिराका दाजु पर्ने व्यक्ति हुन्। रमेशले बयानमा मन्दिराको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ।

‘मन्दिरा र मेरो दुई वर्षअघिदेखि प्रेम सम्बन्ध थियो, उनले विवाह गरौँ भनेर दवाव दिइरहेकी थिइन्। हामी दुबै अधिकारी भएकाले विवाह गर्न मिल्दैनथ्यो। त्यसैले मारिदिएँ,’ रमेशको बयान उदृत गर्दै प्रहरीले भनेको छ।

मन्दिरा बेपत्ता भएकै दिन चोकपुरस्थित तमोर नदी नजिकको खेतमा लगी हत्या गरेर शव झोलुंगेपुलबाट तमोर नदीमा फालिदिएको रमेशले बताएका छन्।यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा ताप्लेजुङबाट सीताराम गुरागाईंले लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्