विराटनगरमा टिन कप कलेज क्रिकेटको फाइनल आज,कोशी कलेज र कान्तिपुर कलेज भिड्ने

विराटनगरमा टिन कप कलेज क्रिकेटको फाइनल आज,कोशी कलेज र कान्तिपुर कलेज भिड्ने

विराटनगर पुष १४ ,

विराटनगरमा जारी ‘टिन कप कलेज क्रिकेट लिग’ प्रतियोगिताको फाइनल आज हुने भएको छ ।

विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित डिग्री क्याम्पसको खेलमैदानमा पुस ७ देखि जारी उक्त प्रतियोगिताको फाइनलमा कोशी कलेज र कान्तिपुर कलेज भिड्ने भएका छन् ।

विराटनगर महानगर क्षेत्रका रहेका आठ वटा उच्च माविका खेलाडीहरूको सहभागि रहेको प्रतियोगिताको फाइनलमा प्रमुख अतिथि बिराटनगरका मेयर भिम पराजुली साथै पर्यटन ब्यवसायी राजन श्रेष्ठ रहेने आयोजकले जनाएको छ ।

आजको खेल बिहान १० बजे सुरु हुने छ ।

लिगको आधारमा खेलाईएको प्रतियोगितामा विराटनगर स्थित कान्तिपुर, अर्किड, भानु, आर्दश, केएमसि, मोर्डन एरा, लर्डबुद्ध उच्च माविलगायतको टिम रहेको एकेडेमीका अध्यक्ष आशिष श्रेष्ठले जानकारी दिए । विजेता र उपविजेताले ट्रफि तथा मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्