बिराटनगरको मेरिल्याण्ड कलेजमा कक्षा ११ मा पढ्ने एक बिद्यार्थीको सवारी दुर्घटनामा मृत्यु

बिराटनगरको मेरिल्याण्ड कलेजमा कक्षा ११ मा पढ्ने एक बिद्यार्थीको सवारी दुर्घटनामा मृत्यु

बिराटनगर पुष १४  । बिराटनगरको मेरिल्याण्ड कलेजमा कक्षा ११ मा पढ्ने एक बिद्यार्थीको सवारी दुर्घटनामा मृत्यु भएको छ । कलेजमा कक्षा ११ मा अध्यानरत रुपेश चौधरीको ज्यान गरेको हो ।

रंगेली–बिराटनगर सडक खण्ड अन्तरर्गत धनपालथान गाउँ पालिका ३ स्थित कर्सिया बजारमा ट्याक्टरको ठक्करबाट एक बिद्यार्थीको निधन भएको छ ।
आईतबार साँझ पुर्वबाट पश्चिमी तर्फ आउदै गरेको को ३८ प १७७ नम्बरको स्कुटरलाई पुर्वतर्फ जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो ।

ट्याक्टरको ठक्करबाट दुहबी २ का बर्ष १८ का रुपेश चौधरी गम्भीर घाईते भएकोमा उनको बिराटनगर स्थित कोशी अस्पतालमा उपचारका क्रममा ज्यान गएकोहो । स्कुटरमा सवार सोहि स्थान बस्ने चन्द्र प्रसाद चौधरीको उपचार भईरहेको र ट्याक्टर प्रहरीको नियन्त्रणमा राखिएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्