स्वर्गीय राजा वीरेन्द्रको ७५ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै

स्वर्गीय राजा वीरेन्द्रको ७५ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्रको ७५औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।२००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्या काण्डमा मृत्यु भएको थियो ।

तत्कालीन रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ ।

राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्