गरिखानेको कथा : इलामका किसानलाई सुन्तला बेचेर पाँचलाख आम्दानी

गरिखानेको कथा : इलामका किसानलाई सुन्तला बेचेर पाँचलाख आम्दानी

इलाम । सुन्तला पकेट क्षेत्रमा बगान मासिँदै गएपनि इलामका केही किसान भने अझै सुन्तला बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन् ।

इलाम नगरपालिकाका किसानले परिश्रम गरे अनुसार सुन्तला बिक्री गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । सुन्तला बगैंचा व्यवस्थापनमा ध्यान दिएमा सुन्तलाको उत्पादन अझै बढ्ने किसानको भनाई छ ।

यहाँका किसानले सिजनमा पाँच लाखसम्ममा सुन्तलाको बगानबाटै बिक्री गर्ने गरेका छन् ।यता कृषि ज्ञान केन्द्र इलामले विगत तीन चार वर्ष यता सुन्तलाको उत्पादन र उत्पादकत्व घट्दै गएको जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा जम्मा तीन सय २२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती लगाइएको छ ।सुन्तलाका पकेट क्षेत्रमा पर्ने सुम्बेक, सोयाक, गोदक, नामसालिङ, सलकपुरमा सुन्तला बगान मासिने क्रममा रहेको छ ।

कार्यालयले चालु वर्षमा जिल्लाका ४५ स्थानमा सुन्तला बगैंचा व्यवस्थापन र सुदृढीकरण कार्यक्रम सम्पन्न गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्