चिसोले कठ्याङ्ग्रिएर उर्लाबारीमा एकको मृत्यु

चिसोले कठ्याङ्ग्रिएर उर्लाबारीमा एकको मृत्यु

विराटनगर । चिसोले कठ्याङग्रिएर मृत्यु भएको अवस्थामा मोरङको उर्लाबारीमा एकको ज्यान गएको छ ।
उर्लाबारी नगरपालिका–१ स्थित बक्राहा खोला किनारमा सोमबार बिहान उर्लाबारी–४ का ५४ वर्षीय सोमबहादुर रोक्काको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यस वर्ष चिसोले कठ्याङ्ग्रिएर मोरङमा मानिसको मृत्यु भएको यो नै पहिलो घटना हो ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले खोलाको बगरमा शव भेटिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेको बताए । उनका अनुसार उर्लाबारीमा एक्लै बस्दै आएका सोम बहादुरका परिवारका सबै सदस्य काठमाडौंमा छन् ।

उनी आफ्नो घरमा नबस्ने र मदिरा सेवन गरेर बाहिरफेरो डुली हिंड्ने गरेको पाइएको राईले बताए । त्यही क्रममा आइतबार साँझ अत्यधिक मदिरा सेवन गरेका कारण होस गुमाएर खोला छेउमै ढलेपछि उठेर गन्तब्यसम्म पुग्न नसक्दा रातभर चिसोले कठ्याङ्ग्रिएर त्यहीं मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी प्रहरीले दिएको छ । शव पोस्टमार्टमका लागि मंगलबारे अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्