हरेक साँझ सुन्दर देखिन्छ पशुपति नाथ, जहाँ आनन्द लिनेदेखि पीडा पोख्नेसम्म देखिए

हरेक साँझ सुन्दर देखिन्छ पशुपति नाथ, जहाँ आनन्द लिनेदेखि पीडा पोख्नेसम्म देखिए

सुभाष भण्डारी ।
काठमाडौँ । हिन्दु धर्मको आस्थाको केन्द्र पशुपति नाथमा हरेक दिन श्रदालुको भिड लाग्छ । त्यही भिडका बिचमा आफ्ना पीडा, दुख र तानवबाट मुक्ति दिनको लागि हरेक साँझमा पशुपतिमा पुग्ने श्रद्धालुको संख्या पनि ठुलै हुन्छ ।
सोमबार साँझको करिब ६ बजेर २० मिनेट जानै लाग्दा हरहर महादेबको भक्तिभाव सहित शुरु भयो, हरेक दिनको झै पशुपति नाथको आरती । देख्दा नाटक जस्तो लाग्ने, बाग्मतीको किनारमा दुईवटा शवहरु राखिएका थिए । नजिकैको पुलको दक्षिणको भागमा ५–७ वटा शबहरु जलाईँदै थियो ।
पशुपति नाथको भित्री भागमा मात्र जयजयकारको भजन बजेको थिएन, पशुपति मन्दिरको पछाडीको भाग जहाँ बाग्मती खोला बग्दै थियो त्यसको किनारमा आरती गर्दै गरेका तीनजना पुजारीहरुले गरेको आरती तर्फ सबैको ध्यान तानियो । पुजारीहरु जति जति जोडले भजन किर्तन बज्थ्यो उस्तै गतिमा आरती गर्दै थिए । आरतीको मध्य हुँदै गर्दा बाग्मती किनारमा राखिएको शव उठाईयो अनी पुल भन्दा दक्षिण जहाँ पहिला शव जलाईँर्दै थियो त्यतै लगियो ।
आरती गर्दै गर्दा भक्तिभावमा सबै पशुपति नाथको जयजयकार सँगै आरतीमा ब्यस्त थिए । माथिल्लो भागमा आरती गर्ने पुजारीहरु थिए भने त्यसकोे लगत्तै तल्लो भागमा आरतीसँगै नाच्ने र गाउनेहरु पनि सँगै देखिए । एकैछिन भएपनि मनमा शान्ति भावमा तल्लीन रहनको लागि हरेक साँझमा यहाँ पुग्नेमा बृद्धबृद्धा मात्र थिएनन् भर्खरका युवाहरु पनि देखिन्थे । तनावबाट एकैछिन भएपनि यहाँ आउँदा शान्ती मिल्ने, आनन्दको अनुभुती हुने गरेको उनीहरु कुराकानी गर्दै थिए ।

सोमबार साँझ पशुपति नाथको मन्दिरमा यस्तो देखियो आरतीको मनोरम दृश्य ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्