विराटनगरमा क्रिकेट जुर्मुराउदै :विराटनगरमा टिन कप सम्पन्न,उपाधि कोशी टाइगरर्सले जित्यो

विराटनगरमा क्रिकेट जुर्मुराउदै :विराटनगरमा टिन कप सम्पन्न,उपाधि कोशी टाइगरर्सले जित्यो

विराटनगर पुष १५ ,

विराटनगर क्रिकेट क्लबको आयोजनामा विराटनगरमा सन्चालित विराटनगर टिन कप कलेज क्रिकेट लिगको उपाधि केएमसी टाइगरर्सले हात पारेको छ ।
सोमबार भएको फाइनल खेलमा केएमसीले कान्तिपुर राइनोजलाई ९ विकेटले पराजित गरि उपाधि हात पारेको हो ।
टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा १७ ओभरमा सवै विकेट गुमाई ६८ रनको झिनो स्कोर बनायो । कान्तिपुरका आन्नद मेहताले ११ रन बाहेक अन्य खेलाडिले उल्लेखनिय योगदान दिन सकेनन । केएमसीका सोनु मण्डलले ३ विकेट तथा विशाल मण्डल, उदय यादन र श्रवण किस्कूले २–२ विकेट लिए ।

जवाफमा ६९ को विजय लक्ष्य पछ्याएको केएमसीले ८ ओभरमा १ विकेट गुमाइृ सो विजय लक्ष्य पार गरेको थियो । केएमसीका निरज यादवले अविजित २८ रन बनाउँदा अमित यादवले अविजित १५ रनको योगदान दिए । कान्तिपुरका मोहमद निसारदे १ विकेट लिए । फाइनल खेलको म्यान अफ द फाइनल केएमसीका सोनु मण्डल घषित भए भने सिरिज भानु कलेजका विरेन्द्र माली घोषित भए । उत्कृष्ट वलर अर्किड कलेजका आदित्य मण्डल, उत्कृष्ट ब्याट्सम्यान अर्किडकै सचिन सहनी, उदयमान खेलाडि केएमसीका श्रवण किस्कू घोषित भए ।

पुष ७ गतेदेखि शुरु भएको प्रतियोगितामा डिएभि क्लेज, भानु क्लेज, लर्ड बुद्द क्लेज, अर्किड क्लेज, कोशी मल्टिपल क्लेज, आदर्श क्लेज, मोड्र्न एरा उमावि र कान्तिपुर कलेज गरी जम्मा ८ टिमको सहभागिता रहेको क्लवका अध्यक्ष आषिश श्रेष्ठले जानकारी दिए ।
विजयी तथा खेलाडिलाई पूर्व अन्तराष्ट्रिय खेलाडि पारस लुनिया, भ्रमण वर्ष २०२० का पर्यटन समिति प्रदेश १ का सह–संयोजक राजन श्रेण्ठले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे । कलेज क्रिकेट अन्तर्गत पहिलो पटक विराटनगरमा लिग फर्माटमा उक्त प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको समापन समारोहमा नेपालका सहायक प्रशिक्षक प्रदिप राज पाण्डेलाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्