डा.देव घिमीरेको टोलीले इटहरीका ३ सय १४ विपन्न बालबालीकालाई पाठ्य सामाग्री वितरण

डा.देव घिमीरेको टोलीले इटहरीका ३ सय १४ विपन्न बालबालीकालाई पाठ्य सामाग्री वितरण

इटहरी पुष १५ ,  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. देव घिमीरेको टोलीले इटहरीका ३ सय १४ विपन्न बालबालीकालाई पाठ्य सामाग्री वितरण गरेको छ । इटहरीको श्री मनहोहन आधारभुत विद्यालयका दलीत तथा गरीब विद्यार्थीहरुलाई टोलीले उक्त समाग्री वितरण गरेको हो ।

सोमबार दिउँसो विद्यालय परीसरमा एक कार्यक्रमको आयोजना गरी टोलीले कापी, कलम, स्कुल ब्याग लगायत सामाग्री दिएको डा. घिमीरेले बताए । गरिब तथा जेहेन्दार विद्यार्थीले पाठ्य सामाग्रीकै अभावमा गुणस्तरीय शिक्षा पाउन नसक्ने अवस्था रहेकोले आफुहरुले गरीब विद्यार्थीलाई सहयोग गरेको बताए ।

विराटनगरका व्यवसायी लव घिमीरे, इटहरीको डि समुह र आफुले संयुक्त रुपमा ८० हजार रुपैयाँ बराबरको सामाग्री वितरण गरेको उनले जानकारी दिए । श्वास्थ्य क्षेत्र भन्दा फरक शिक्षा क्षेत्रमा पनि केही दिन सकिन्छ की भन्ने उद्देश्यले काम गरेको उनले जानकारी दिए । साथै आगामी दिनमा पनि यस्तै सामाजीक कार्यमा लागी पर्ने आफ्नो टिमको संकल्प रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्